प्रधानमन्त्री बालेन शाहद्वारा नेपाल संवत् ११४७ र म्हः पूजाको शुभकामना

<span class='c1'>प्रधानमन्त्री बालेन शाहद्वारा नेपाल संवत्</span> <span class='c2'>११४७ र म्हः पूजाको शुभकामना</span>

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्हः पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त गराएर सुरु गरेको नेपाल संवत् नेपालको मौलिक समयचक्र र पहिचान भएको उल्लेख गरेका छन्।

उनले नेवार समुदायले मनाउने म्हः पूजाको सांस्कृतिक तथा आध्यात्मिक महत्त्वबारे चर्चा गर्दै यस परम्पराले आत्मशुद्धि, चेतनाको बोध, आपसी सद्भाव र जातीय एकतालाई प्रगाढ बनाउने बताएका छन्।

त्यस्तै, गोवर्धन पूजाको अवसरमा गोरु तथा कृषि औजारको पूजा गर्ने परम्पराले कृषि संस्कृतिको महत्त्व दर्शाउने उल्लेख गरेका छन्।

देउसीभैलोले छरछिमेकमा आत्मीयता र सद्भाव बढाउने भन्दै प्रधानमन्त्री शाहले यस्ता मौलिक चाडपर्वले सामाजिक एकता र सहिष्णुताको भावना बलियो बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

उनले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामनासमेत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्