विराटनगरको प्लेअफ सपना : दुई जितले पनि नपुग्न सक्छ!

<span class='c1'>विराटनगरको प्लेअफ सपना : दुई</span> <span class='c2'>जितले पनि नपुग्न सक्छ!</span>

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्सको प्लेअफ यात्रा थप चुनौतीपूर्ण बनेको छ। पाँच खेलबाट चार अंक जोडेको विराटनगरलाई प्लेअफको सम्भावना जीवित राख्न बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ।

विराटनगरले अब पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्न बाँकी छ। दुवै खेलमा जित निकाल्न सके विराटनगरको खातामा आठ अंक पुग्नेछ। तर आठ अंकले मात्रै प्लेअफ स्थान पक्का हुने छैन। टोलीले अन्य खेलको नतिजामा समेत भर पर्नुपर्नेछ।

काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्समध्ये कम्तीमा एक टोलीको अंक बढ्ने निश्चित भएकाले विराटनगरको समीकरण थप पेचिलो बनेको छ। विशेषगरी सुदूरपश्चिमले काठमान्डुसँग हार्दा तथा लुम्बिनी र चितवनले बाँकी खेलमा धेरै अंक जोड्न नसक्दा विराटनगरलाई फाइदा पुग्न सक्छ।

यदि विराटनगरले बाँकी दुईमध्ये एक खेल मात्रै जितेमा उसको कुल अंक ६ पुग्नेछ। यस्तो अवस्थामा पनि प्लेअफ पुग्ने गणितीय सम्भावना बाँकी रहन सक्छ। तर त्यसका लागि अन्य टोलीको नतिजासँगै नेट रनरेट पनि विराटनगरको पक्षमा हुनुपर्नेछ।

अब विराटनगरका लागि प्रत्येक खेल 'गर या मर' को अवस्थामा पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्