विराटनगरमा लिम्बू संस्कृतिको झल्को, देउसीभैलोसँगै बलिहाङ तङनाम (फोटो फिचर)

<span class='c1'>विराटनगरमा लिम्बू संस्कृतिको झल्को, देउसीभैलोसँगै</span> <span class='c2'>बलिहाङ तङनाम (फोटो फिचर)</span>

विराटनगर । किरात याक्थुङ चुम्लुङ नगर समिति विराटनगरले दीपावलीको अवसर पारेर विराटनगरमा बलिहाङ तङनाम तथा देउसीभैलोसहित भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

विराटनगर महानगरपालिका–११ र १२ को सिमानामा रहेको पञ्चमुखी चोकमा मंगलबार साँझ आयोजित कार्यक्रममा लिम्बू समुदायको मौलिक कला, संस्कृति र परम्परा झल्कने विभिन्न सांस्कृतिक प्रस्तुति गरिएको थियो ।

कार्यक्रममा लिम्बू समुदायको मौलिक सांस्कृतिक नृत्य केलाङ (ढोल नाच), धान नाचलगायतका परम्परागत नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा स्थानीय तथा समुदायका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

लिम्बू समुदायको मौलिक संस्कार, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक नरेश तुम्रोकले जानकारी दिए । सो अवसरमा कार्यक्रम सफल बनाउन सहयोग गर्ने विभिन्न व्यक्तित्वहरूलाई कदरपत्र प्रदान गरी सम्मानसमेत गरिएको थियो ।

तुम्रोकका अनुसार विगतका वर्षहरूमा घरघर तथा टोलटोलमा पुगेर देउसीभैलो खेल्दै बलिहाङ तङनाम मनाउने गरिएको भए पनि यसपटक पर्वलाई थप आकर्षक र भव्य बनाउन मञ्चीय सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।

बलिहाङ तङनाममार्फत लिम्बू समुदायको मौलिक कला, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा नयाँ पुस्तामाझ यसको महत्व स्थापित गर्ने उद्देश्यले चुम्लुङले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको नगर अध्यक्ष कुमार सुब्बाले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्