विराटनगर, २६ कात्तिक
मोरङको उर्लाबारी नगरपालिका–४ भानुमार्गस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा २२ हजारभन्दा बढी नगद र ताससहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, गत कात्तिक २५ गते राति अन्दाजी १०:३५ बजेको समयमा तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो। सो क्रममा प्रहरीले नेपाली नगद रु. २२,२०० (बाइस हजार दुई सय) र २ बुक तास बरामद गरेको छ।
यसरी पक्रा우 पर्नेमा उर्लाबारी–४ बस्ने वर्ष ३२ का शिव निधी, वर्ष ४९ का युवराज थापा, वर्ष ३५ का डम्बर बहादुर अधिकारी, वर्ष ३९ का कमल खड्का, वर्ष ५० का गोपाल भुजेल, वर्ष ४१ का दुर्गा बहादुर भुजेल, वर्ष ४२ का मोहन खड्का र वर्ष ५० का सुरेश कार्की रहेका छन्। पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको र उनीहरूमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।