क्षतिपूर्तिको माग गर्दै भीमफेदी दुर्घटनाका पीडित परिवारद्वारा शव बुझ्न अस्वीकार

<span class='c1'>क्षतिपूर्तिको माग गर्दै भीमफेदी दुर्घटनाका</span> <span class='c2'>पीडित परिवारद्वारा शव बुझ्न अस्वीकार</span>

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको भीषण ईभी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तले उचित क्षतिपूर्ति र सरकारी सम्बोधनको माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन् ।

पीडित परिवारले संघीय सरकारले विशेष निर्णय गरेर आफूहरूका माग सम्बोधन गर्नुपर्ने अडान राखेका छन्।

दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तले यसअघि मृतकका प्रत्येक परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने तथा घाइतेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग राखेका थिए। तर, पछिल्लो समय उनीहरूले संघीय सरकारबाटै थप विशेष सम्बोधन हुनुपर्ने माग अघि सारेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये एक जनाको शव परिवारले बुझिसकेको छ भने बाँकी १३ जनाको शव हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ।

पीडित परिवार, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीलगायतको उपस्थितिमा भएको छलफल निष्कर्षविहीन बनेको थियो। पीडित परिवारका माग र क्षतिपूर्तिका विषयमा आज पनि छलफल हुने प्रहरीले जनाएको छ।

बिहीबार बिहान मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी हाइस दुर्घटनामा पर्दा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए।

दुर्घटनामा आफन्त गुमाएका परिवार यतिबेला शोकसँगै न्याय र उचित राहतको प्रतीक्षामा छन्। उनीहरूले सरकारबाट ठोस निर्णय नआएसम्म शव नबुझ्ने अडान कायम राखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्