सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए शपथ

<span class='c1'>सर्वोच्च अदालतका चार नवनियुक्त</span> <span class='c2'>न्यायाधीशले लिए शपथ</span>

काठमाडौं । सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नै सर्वोच्च अदालतको न्यायाधीश पदमा चार जनालाई नियुक्त गरेका थिए ।

नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन् ।

नवनियुक्त न्यायाधीशहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्