छठ लक्षित गर्दै मोरङका १२७ स्थानमा खटिनेछ प्रहरी

<span class='c1'>छठ लक्षित गर्दै मोरङका</span> <span class='c2'>१२७ स्थानमा खटिनेछ प्रहरी</span>

विराटनगर । छठ पर्व लक्षित गर्दै मोरङका १२७ स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गर्ने जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेको छ । शुक्रबार बसेको बैठकले जिल्लाका प्रमुख जलासय, जलासयमा पुग्ने मार्ग, धार्मिक अनुष्ठानका लागि जलासय गएको बेला संभावित हुनसक्ने चोरी लगायतका घटनालाई लक्षित गर्दै सुरक्षा संयन्त्रको टोलि परिचालन गर्ने निर्णय गरिएको हो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाका अनुसार विराटनगरका सिंघीया, केशलीया, सुनसरी मोरङ सिंचाई आयोजनाको नहरहुँदै जिल्लाका प्रमुख नदीनाला, तालपोखरीमा सुरक्षा परिचालन गरिनेछ । सुरक्षा समितिको बैठकले छठलाई लक्षित गर्दै जनपद प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गर्ने निर्णय गरेको हो । अनावश्यक तडकभडक नगरी, जलासयमा सर्तकता अपनाउँदै जल अर्पण गर्न समेत आग्रह गरिएको छ । यसैगरी पानीको वहावलाई बुझेर मात्रै बालबालिका तथा बृद्धबृद्धालाई त्यहाँ लैजानका लागि अनुरोध गरिएको छ । खोला तथा नदीमा पस्दा एकले अर्कोलाई हातमा समाउन सक्ने दुरीमा रहेर समूहमा जान समेत अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्