अभिषेक गिरीलाई बयानमा आउन प्रहरीले काट्यो पत्र, घरमा समेत सूचना टाँसियो

<span class='c1'>अभिषेक गिरीलाई बयानमा आउन प्रहरीले काट्यो</span> <span class='c2'>पत्र, घरमा समेत सूचना टाँसियो</span>

विराटनगर । मोरङ कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपपछि गत असार १३ गतेदेखि अभिषेक गिरी विरुद्ध विभिन्न मुद्दा थपिदै आएका छन् । कारागार बाहिर रहेर पनि उनले त्यहाँ भित्रको साम्राज्य स्थापीत गरेको स्थानीय प्रशासनको निष्कर्षपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेपछि उनका खेलामेला धेरै बाहिर आए । आपराधिक लाभ लिई संगठित अपराध गरेका उनी विरुद्ध अहिले सम्पति शुद्धिकरण सम्बन्धी मुद्दाको अनुसन्धान प्रहरीले गरिरहेको छ । तर, उनी भदौदेखि यता विराटनगर बाहिर रहँदै आएका छन् । सम्पति शुद्धिकरण सम्बन्धी मुद्दाको अनुसन्धानका लागि उनी र उनको परिवारको बयान लिन प्रहरीले सकिरहेको छैन ।

गिरीलाई सम्पति शुद्धिकरण कसूर मुद्दामा बयानका लागि जिल्ला प्रहरी कार्यालय मोरङले गत कार्तिक १९ गते नै हुलाकमार्फत पत्र काटेको थियो । त्यो पत्र काटेको सातदिन बित्दा पनि उनी नआएपछि शुक्रबार उनको घरमा सूचना टाँस गरेर बयानमा आउने जानकारी दिइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार सम्पती शुद्धिकरण मुद्दाको अनुसन्धानका लागि प्रहरीले उनीसँग लिइने बयानबाट छलिँदा घाटा पनि उनैलाई हुनेछ । प्रहरीले पहिलो म्याद दिएर पत्राचार गर्दा नआएपछि घरमा सूचना टाँस गरेको दाहालको दावी छ ।

यति गर्दापनि नआएमा उनीमाथि सार्वजानिक सूचना जारी गरिनेछ । सार्वजानिक सूचनाबाट समेत नआएमा अनुसन्धान प्रतिवेदन बुझाइने छ । जसका आधारमा अभियोजन जानेछ । प्रहरीले कानुनी प्रक्रियाको बाटो समाएर उनीमाथिको अनुसन्धान प्रतिवेदनलाई पूर्णता दिन खोजेको हो । प्रहरीले हुलाकमार्फत पठाएको पत्रमा आफ्नो दशीप्रमाण, तथा आवश्यक कागजातसहित सात दिनभित्र उपस्थित हुन अनुरोध गरिएको छ । पत्राचार गर्दा समेत उनी नआएपछि प्रहरीले सूचना टाँस गरेर दोस्रो स्टेपको कानुनी बाटो समाएको हो । यसपछि सार्वजानिक सूचना जारी हुने बताइएको छ ।

यस अगाडी असार १३ गते जिल्ला प्रहरी कार्यालय मोरङले, असार २३ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले र त्यसपछि पुनः साउन २१ गते मोरङ प्रहरीको नियन्त्रणमा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्