विश्वासको मत लिनु अघिनै मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

<span class='c1'>विश्वासको मत लिनु अघिनै मधेश</span> <span class='c2'>प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा</span>

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले राजीनामा दिएका छन् ।

यादवले राजीनामा दिएको घोषणा गरेका छन् । उनले राजीनामा घोषणा गरेपछि सभामुख रामअशिष यादवले विश्वासको मत लिन तोकिएको कार्यसूचि स्थगित भएको जानकारी गराएका थिए ।

प्रदेश सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनका लागि आज प्रदेश सभाको बैठक बसेको थियो ।

नेपाली कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकारमा सहभागी नेकपा एमालेका चार जना मन्त्रीले गएको असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यस्तै ,सरकारमा सहभागी नेकपाका चार जना मन्त्रीले यही कात्तिक २० गते राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । मुख्यमन्त्री यादवले राजीनामा दिएसंगै सरकार गठनको आगामी प्रक्रिया प्रारम्भ भएको छ ।

प्रदेश सभाको अर्को बैठक सूचना जारी नभएसम्मका लागि स्थगित भएको सभामुख यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्