स्मृति ब्याण्डको २५औँ वार्षिकोत्सवमा संचारकर्मी प्रेम देवान सम्मानित

<span class='c1'>स्मृति ब्याण्डको २५औँ वार्षिकोत्सवमा</span> <span class='c2'>संचारकर्मी प्रेम देवान सम्मानित</span>

विराटनगर कार्तिक २९ ,

विराटनगरको चर्चित स्मृति ब्याण्डले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सवको अवसरमा ओबी मिडियाका निदेशक तथा सञ्चारकर्मी प्रेम कुमार देवानलाई सम्मान गरेको छ।

ब्याण्डको स्थापनाकालदेखि नै सञ्चारमाध्यममार्फत ब्याण्डको प्रचारप्रसार र सफलताको यात्रामा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको हो।

ब्याण्डका सदस्य तथा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले उनलाई सम्मानपत्र र नगद पुरस्कार प्रदान गरेका थिए।

सञ्चारमाध्यमको साथ, सहयोग र निरन्तर प्रचारप्रसारले स्मृति ब्याण्डलाई यो उचाइसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै ब्याण्डले सम्पूर्ण सञ्चारकर्मीप्रति आभार व्यक्त गरेको छ। देवानले विगत लामो समयदेखि कला र मनोरञ्जन सम्बन्धि कलम चलाउदै आएका छन् । हाल उनी चलचित्र पत्रकार संघ नेपाल मोरङका अध्यक्ष समेत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्