त्रिविको प्रशासनिक ढिलासुस्ति विरुद्ध मोरङका योगराजको लडाइँ

<span class='c1'>त्रिविको प्रशासनिक ढिलासुस्ति विरुद्ध</span> <span class='c2'>मोरङका योगराजको लडाइँ</span>

त्रिभुवन विश्वविद्यालयको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनमा भएको अस्वाभाविक ढिलाइका कारण मोरङका योगराज दाहाल एलएलबी प्रवेशबाट वञ्चित भई शैक्षिक सत्र नै गुमाउने अवस्थामा पुगेका छन्।

समयमै आवेदन र शुल्क बुझाए पनि विश्वविद्यालयको आन्तरिक समन्वय अभाव तथा प्रशासनिक ढिलाइका कारण आफ्नो अध्ययन प्रभावित भएको भन्दै दाहालले न्यायका लागि विभिन्न निकायमा पहल गर्दै आएका छन्।

उनले आफ्नो नियन्त्रणबाहिरको समस्याका कारण अध्ययन रोक्न नपरोस् भन्दै विश्वविद्यालयमा औपचारिक निवेदन, हेलो सरकारमा पटक–पटक उजुरी तथा प्रधानमन्त्री कार्यालय र शिक्षा तथा खेलकुद मन्त्रालयमार्फत समेत समस्या समाधानका लागि पहल गरेका छन्। सञ्चारमाध्यम र लेखमार्फत आफ्नो समस्या सार्वजनिक गर्दै प्रतिनिधिसभासम्म पनि विषय पुर्‍याएका छन्।

त्यस्तै, नेपाल कानुन व्यवसायी परिषद्मा समेत निवेदन दिए पनि हालसम्म प्रक्रिया अघि नबढेको र विश्वविद्यालयले आफूलाई लिखित जवाफसहित ठोस निकास नदिएको उनको भनाइ छ।

यसैबीच, तत्काल अनुसन्धान, संरक्षणात्मक हस्तक्षेप, सम्बन्धित निकायबीच समन्वय तथा न्यायोचित समाधानको माग गर्दै दाहालले गत १७ गते मंगलबार राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गराएका छन्।

उनले शैक्षिक सत्र २०८२/०८३ मै विराटनगरस्थित डिग्री क्याम्पसमा प्रचलित मापदण्ड र प्रक्रियाअनुसार एलएलबी अध्ययन गर्न पाउने व्यवस्था सुनिश्चित गरिदिन आयोगसँग अनुरोध गरेका छन्।

विश्वविद्यालयको प्रशासनिक ढिलाइ र समन्वय अभावको मारमा विद्यार्थीको भविष्य पर्न नहुने भन्दै दाहालले आफ्नो शैक्षिक अधिकारको संरक्षण र न्यायोचित निकासका लागि निरन्तर आवाज उठाउँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्