भारतीय र अमेरिकी दूतावासले दिए छठ पर्वको शुभकामना

<span class='c1'>भारतीय र अमेरिकी दूतावासले</span> <span class='c2'>दिए छठ पर्वको शुभकामना</span>

काठमाडौं । नेपालस्थित अमेरिकी र भारतीय दूतावासले छठ पर्वका अवसरमा शुभकामना दिएका छन् । दूतावासहरुले सामाजिक सञ्जाल फेसबुकमार्फत छठ पर्वको शुभकामना सन्देश सार्वजनिक गरेका हुन् । अमेरिकी दूतावासले ‘छठि पावनिक सभगोटेमे हार्दिक मंगलमय शुभकामना’, ‘छठ पर्वको धेरै धेरै शुभकामना’ भन्दै शुभकामना व्यक्त गरेको छ ।

यसैगरी, भारतीय राजदूतावासले पनि छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेको छ । दूतावासहरुको यो सन्देशले नेपालका सांस्कृतिक तथा धार्मिक पर्वप्रति विभिन्न राष्ट्रहरुले समेत सद्भाव अभिव्यक्त गरेको बुझिन्छ । छठ पर्व विशेषगरी तराई–मधेस क्षेत्रमा श्रद्धा र भक्तिपूर्वक मनाइन्छ । पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा पनि यो पर्व मनाउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्