सर्लाही । सर्लाही जिल्लाको सदरमुकाम मलंगवासहित जिल्लाका विभिन्न स्थानमा आज बिहानैदेखि बाक्लो कुहिरो लागेको छ । बाक्लो हुस्सु र कुहिरोका कारण सडक तथा आसपासका क्षेत्रको दृश्यता कम भएको छ ।
कुहिरोका कारण सडकमा आवतजावत गर्ने सवारीसाधन तथा पैदल यात्रीलाई असहज भएको छ । विशेष गरी बिहानको समयमा सवारीसाधन सञ्चालन गर्दा चालकहरूलाई थप सावधानी अपनाउनुपर्ने अवस्था देखिएको छ ।
मौसममा आएको परिवर्तनसँगै तराईका जिल्लाहरूमा बिहानको समयमा कुहिरो देखिएको मौसम पूर्वानुमान महाशाखाले पनि जनाएको छ ।
स्थानीयवासीलाई कुहिरो लागेको समयमा सवारीसाधन चलाउँदा गति कम गर्न, फग लाइट प्रयोग गर्न तथा आवश्यक सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।