रारा दुर्घटनामापरी मृत्यु भएकाको शव र दुई घाइते हेलिकोप्टरबाट सुर्खेत ल्याइयो

<span class='c1'>रारा दुर्घटनामापरी मृत्यु भएकाको शव र</span> <span class='c2'>दुई घाइते हेलिकोप्टरबाट सुर्खेत ल्याइयो</span>

सुर्खेत । मुगुको रारा ताल घुम्न जाने क्रममा हाइलक्स गाडी दुर्घटनामा परी मृत्यु भएका तीन पर्यटकको शव र घाइते दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत ल्याइएको छ ।

आइतबार मुगुको छायानाथ रारा नगरपालिका–७, टोप्लास्थित रारा जाने सडकमा बा १७ च १८६४ नम्बरको हाइलक्स गाडी दुर्घटनामा परेको थियो । सडकबाट करिब ६०० मिटर तल खसेको गाडीमा सवार पाँच जनामध्ये तीन जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।

दुर्घटनामा मृत्यु हुनेमा काठमाडौंको कलंकी स्थायी ठेगाना भएका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापा रहेका छन् । उनीहरूको शव सोमबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत ल्याइएको हो ।

त्यस्तै, दुर्घटनामा घाइते भएका ललितपुर महानगरपालिका–१५ निवासी ५८ वर्षीय चालक कञ्चन थापा र उनकी श्रीमती अञ्जु थापालाई पनि सोमबार बिहान सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेत ल्याइएको थियो । जिल्ला अस्पताल मुगुमा उपचार सम्भव नभएपछि उनीहरूलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।

मृतक तीनै जनाको शव जिल्ला अस्पताल मुगुमा पोस्टमार्टमपछि आफन्तलाई बुझाउने तयारी गरिएको प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए ।

उनीहरू रारा ताल घुम्नका लागि आएका पर्यटक थिए । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्