गायक सन्देश सुबेदीको ‘अलि अलि बोल्दैमा’ म्युजिक भिडियो सार्वजनिक

<span class='c1'>गायक सन्देश सुबेदीको ‘अलि अलि</span> <span class='c2'>बोल्दैमा’ म्युजिक भिडियो सार्वजनिक</span>

विराटनगरका गायक सन्देश सुबेदीको नयाँ गीत ‘अलि अलि बोल्दैमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। विराटनगरस्थित ह्यापी आवर हेभन रेस्टुरेन्टमा आयोजित विशेष कार्यक्रमबीच भिडियो सार्वजनिक गरिएको हो।

गीतमा शब्द, संगीत र स्वर स्वयं सन्देश सुबेदीको रहेको छ। गीतको एरेन्जमेन्ट उदयराज पौडेलले गरेका छन्। म्युजिक भिडियोको निर्देशन निश्चल राणाले गरेका हुन् भने छायांकन तथा सम्पादन ऋतिक शाह र एचएस फिल्म्सले गरेका छन्।

भिडियोमा चर्चित भाइरल हुड डान्स टिमसँग सहकार्य गरिएको छ। साहिल खान, मनीष कटुवाल, लक्की खवास, बिक्की घिमिरे र प्रदीप सदालगायत कलाकारको अभिनय रहेको भिडियोमा मोडल ग्रेसी मास्के श्रेष्ठ पनि देखिएकी छन्।

स्थानीय कलाकार, नृत्य समूह र सिर्जनात्मक प्रस्तुतिलाई समेटिएको गीतको भिडियोले दर्शकमाझ राम्रो चर्चा पाउने अपेक्षा गरिएको छ।

भिडियो सार्वजनिक कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, संगीतकर्मी तथा कलाकारहरूको उपस्थिति रहेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्