घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

<span class='c1'>घट्यो सुनको भाउ, आज</span> <span class='c2'>कतिमा हुँदैछ किनबेच?</span>

नेपाली बजारमा आज (बुधबार) पनि सुन-चाँदीको भाउ घटेको छ।

गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो।

मंगलबार प्रतितोला एक हजार नौ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन भने तोलामा ६ हजार तीन सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६० हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ।

मंगलबार सुन प्रतितोला दुई लाख ६७ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ।

मंगलबार प्रतितोला तीन हजार चार सय ९० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार तीन सय ८० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय ८० रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार सात सय ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्