तिमी रुदा हो , म पक्कै हास्न सक्दिन
तिमी बिना त, कसम म बाच्न सक्दिन
मेरा आशु त तिमीलाई ,पानी सरह लाग्ला
भूलेर पनि यो दिल, म अन्त साट्न सक्दिन
दुख र सुखमा सधै, म तिमी संगै हुने छू
तिम्रो साथ बिना, म यो जुनी काट्न सक्दिन
तिमीलाई हेरेर नै, म चित्त बुझाउने
गर्छु
तिम्रो खुसी सामु , म केही दाज्न सक्दिन
यो जुनी मात्र होइन , हरेक जुनी जुनीसम्म
केवल तिमी मेरो,म अरु कोही माग्न सक्दिन