बिराटनगर मंसिर १५
लियो क्लब अफ बिराटनगर युनिक र नेकस्ट ट्रम भिषा सेर्भिसेस बिराटनगरको सहयोगमा आज बखरी आधारभुत बिद्यालय बिराटनगर १२ का १ जना गरिब तथा जेहेन्दार बिद्यार्थी, महिलाबाट उत्कृष्ट बिद्यार्थी, सिनियर कक्षाबाट उत्कृष्ट र जुनियर कक्षाबाट उत्कृष्ट ४ जना विद्यार्थीहरुलाइ मेडल, प्रमाण पत्र, ब्याग र शैक्षिक सामाग्री सहित सम्मान गरिएको छ।
साथै सिजि फुड बिराटनगरको सहयोगमा सम्पुर्ण विद्यार्थीहरुलाई खाजा बितरण गरिएको छ ।उक्त सम्मान कार्यक्रम बिराटनगर भरिका १० वटा आधारभुत बिद्यालयहरुमा सन्चालन गर्ने लियो युनिकका अध्यक्ष पेरिस सुबेदीले जानकारी दिए।विद्यार्थीहरुलाई पढाईमा रुची बढाउने उदेश्यले उक्त कार्यक्रम सन्चालनमा ल्याएको क्लबका पेरिश सुबेदिले जानकारी दिए ।