रक्सीले मातेका बुवाको कुटाईबाट १० वर्षिय बालकको ज्यान गयो

<span class='c1'>रक्सीले मातेका बुवाको कुटाईबाट १०</span> <span class='c2'>वर्षिय बालकको ज्यान गयो</span>

सिरहा, पुस २७ गते - सिरहाको गोलबजार नगरपालिका–३ जमदहमा बुवाको कुटाइबाट १० वर्षिय बालकको ज्यान गएको छ । शनिबार राती रक्सीले मातेका स्थानीय रामस्वरुप सदायले कान्छा छोरा विजयको टाउकोमा लाठीले हान्दा ज्यान गएको हो ।

टाउकोमा लाठी लागेपछि गम्भीर घाईते भएका विजयलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । रक्सी पिएर आएका रामस्वरुपले श्रीमतीसँगको विवादका क्रममा छोराछोरीलाई कुटेका थिए ।

घटना लगत्तै फरार भएका रामस्वरुपको खोजी भैरहेको प्रहरीले बताएको छ ।

Source: Ujyalo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्