न्यूरो हस्पिटलका चिकित्सकलाई धनकुटामा सम्मान

<span class='c1'>न्यूरो हस्पिटलका चिकित्सकलाई</span> <span class='c2'>धनकुटामा सम्मान</span>

विराटनगर ।   न्यूरो हस्पिटलका सम्पूर्ण वरिष्ठ विशेषज्ञ डाक्टरहरुलाई धनकुटामा भव्यताका साथ सम्मान गरेको छ । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल र छथर जोरपाटि गाँउपालिका, धनकुटाको संयूक्त आयोजनामा आयोजित वृहत स्वास्थ्य शिविरमा हस्पिटलका सम्पूर्ण पदाधिकारीहरुको अगाडि गाँउवासिले शिर झुकाएर सम्मान व्यक्त गरको छ ।


पहिलो संविधान सभाका सभासद टिकाराम चेम्जुङले धनकुटा जिल्लमा न्यूरो हस्प्टिलको बिरामीहरु प्रतिको योगदानको बहु चर्चा गर्नुभयो । बर्षौ देखि धनकुटा जिल्लाका अधिकांश बिरामीहरुलाई न्यूरो हस्पिटलको वरिष्ठ न्यूरोलोजिस्ट डा. बिरेन्द्रकुमार विष्टको चिकित्सकिय टोलीले नयाँ जिवन दिँदै आएको प्रति खुशि व्यक्त गर्नुभयो । उहाँले भगवानको दोश्रो रुप नै चिकित्सकहरु भएको बताउनुभयो ।
यस्तै धनकुटाका प्रमुख जिल्ला अधिकारी डा. कृष्ण बहादुर घिमिरेले समेत शिविरको अवलोकन गर्नुभएको छ । उहाँले धनकुटा जिल्लामा यस्तो शिविर ल्याएकोमा न्यूरो हस्पिटल परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो ।
न्यूरो हस्पिटल विराटनगरले प्रदान गरेको स्वास्थ्य शिविरमा ७ सय ६१ जनाले स्वास्थ्य सेवाबाट लाभान्वित भएको छथर जोरपाटि गाँउपालिकाले जनाएको छ । उक्त आयोजित शिविरले धनकुटावाशि हर्षित भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्