विराटनगर । ३० बर्ष भन्दा पनि बढी लामो समयदेखी आफूले रोजीरोटी गर्दै आएको स्थानबाट अन्यत्र हटाउन लागेको भन्दै नहटाउन गुद्री बजार व्यवस्थापन संघर्ष समितिले छ बुदे माग पत्र बुझाएको छ ।
गुद्री बजार व्यवस्थापन संघर्ष समितिले विराटनगर महानगर पालिकालाई ६ बुदे ज्ञापनपत्र बुझाउदै आफूलाई यथास्थानबाट नहटाउन आग्रह गरेका छन् ।
विराटनगर महानगर पालिकाले गत मंसिर ५ गते गुदरी “ई“ प्लट भवन खाली गर्न सूचना जारी गरेसँगै गुद्री बजार व्यवस्थापन संघर्ष समितिले उक्त सूचना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विराटनगर महानगरपालिकाले गुद्री बजार ई प्लट भवनमा ३१ बर्ष देखि व्यवसाय गर्दै आएका व्यवसायीसँग छलफल, सहमति नगरी सूचना आएकोमा सो सूचनाको घोर भत्सर्ना गर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
गुदरी बजार व्यवस्थापन संघर्ष समितिले व्यावसायिहरुलाई अन्यत्र नसारीकन ई प्लट भवन खाली गर्न नसकीने बताएको छ । विराटनगर महानगर पालिकाले गुदरी बजार ई प्लट भवन मा बनेका संरचनामा व्यवसाय गर्न दिनुपर्ने लगाएतका छ बुदे माग पत्रमा उल्लेख गरिएको छ ।