विराटनगर । पाँचथरको फिदिम नगरपालिका १४ भालुखोप स्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुदा ट्याक्टर चालक १८ बर्षीय अविनास राईको मृत्यु भएको छ । भालुखोपबाट लुङरुपा तर्फ जादै गरेको मे १ त ५७८१ नम्वरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना भइको हो ।
यस्तै उदयपुर चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ शनिबारे स्थित रामपुर फत्तेपुर सडकखण्डमा मोटरसाईकल दुर्घटना दुर्घटना भइको छ । दुर्घटना हुँदा मोटरसाईकल चालक ३५ बर्षीय दिपेन राईको मृत्यु भएको हो ।
राती रामपुर फत्तेपुर सडकखण्डबाट दक्षीण तर्फ गईरहेको को ११ प ६९६२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदाँ घाईते भएका चौदण्डीगढी नमुना चोक बस्ने चालक राईको उपचारको क्रममा बिराटनगरमा रहेको न्यूरो अस्पताल बिराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। साथै सोहि मोटरसाईकल पछाडी सवार सोही स्थान बस्ने ३१ बर्षीय नारायण राई घाईते भई स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।