राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९३ जन्मदिन आज

<span class='c1'>राष्ट्र निर्माता पृथ्वीनारायण शाहको</span> <span class='c2'>२९३ जन्मदिन आज</span>

नेपालका राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९३ जन्मदिनको अबसरमा आज विभिन्न कार्यक्रम हुँदैछ । सरकारले पृथ्वी जयन्तीमा कुनै prithiviऔपचारिक कार्यक्रम राखेको छैन । तर, राप्रपा नेपालसहितका दल र संघ संस्थाले भने विभिन्न कार्यक्रम गर्दैछन् । २०६२÷६३ को जनआन्दोलनपछि सरकारी स्तरबाट पुस २७ लाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन छाडिएको हो । तर, पछिल्ला वर्षहरुमा राष्ट्रिय एकता दिवस मनाउनु पर्ने माग हुन थालेको छ ।
यसैबिच
पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको दिव्योपदेश अनुसार नेपाललाई सबैको साझा फूलबारी बनाउनुपर्ने बताउनुभएको छ । नेपालका राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९३ औं पृथ्वी जयन्तीको शुभकामना दिँदै झापामा भएको एक कार्यक्रम लाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्रले देशका सवै भुभाग र सबै वर्ग समाजका समग्र समून्नतिका निम्ति स्वच्छ र सही राष्ट्रिय प्रयास जरुरी भएको बताउनुभयो । पृथ्वीनारायण शाहको सम्झनामा राप्रपा नेपालले आज भृकुटीमण्डपमा चियापान समारोहको समेत आयोजना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्