न्यायिक समितिमा उजुरीको चाङ, मुद्दा किनारा लगाउन भ्याई नभ्याई

<span class='c1'>न्यायिक समितिमा उजुरीको चाङ, मुद्दा</span> <span class='c2'>किनारा लगाउन भ्याई नभ्याई</span>

बेलबारी । बेलबारी नगरपालिकाको न्यायिक समितिमा मुद्दाको चाङ छ । पछिल्लो समय उजुरीको संख्या अत्याधिक बढेपछि न्यायीक निरुपणमा समस्या देखिएको हो । मुद्दाको चाप बढ्दै जाँदा त्यसलाई ध्यानमा राखेर न्यायिक समितिले हरेक दिन न्यायिक काम तथा छलफल एवम् मेलमिलापको कार्य गर्दै आएको न्यायीक समितिकी संयोजक एवम् वेलवारी नगरपालिकाकी उप प्रमुख ढाका कुमारी पराजुली बताउँछिन् ।
सोमबार मात्र बेलबारी नगरपालिकाको न्यायिक समितिमा १० वटा उजुरीहरु दर्ता भएका छन् । एकै दिनमा १० वटा उजुरी न्यायिक इजलासमा दर्ता भएको यो पहिलो पटक हो । यसरी दर्ता हुन आएका उजुरीहरुमा हिंसा र विवाद वृद्धि हुनु मात्र नभई स्थानीयवासीहरुमा स्थानीय न्यायिक समिती प्रतिको विश्वास पनि बढ्दै जानु रहेको संयोजक पराजुली बताउँछिन् ।
उजुरीको अत्याधिक चापसंगै न्यायीक समितिले ज्येष्ठ नागरिक,अशक्त बालबालिका एवम् हिंसा परेका महिलासँग सम्बन्धित विवादहरुलाई प्राथमिकतामा राखेर मुद्दालाई किनारा लगाउने गरेको न्यायीक समितिकी संयोजक पराजुली बताउँछिन् । बेलवारी नगरपालिकामा मात्र गत असार मसान्त सम्म मात्र करिब ५ सय मुद्दा दर्ता भएकोमा यो चालु आर्थिक बर्षको मंसिर १६ गतेसम्म १९३ वटा मुद्दा दर्ता भएको न्यायीक समितिका संयोजक पराजुलीले बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्