लायन्स क्लवहरुलाई हप्ताभरी नै सामाजिक काम गर्न आब्हान

<span class='c1'>लायन्स क्लवहरुलाई हप्ताभरी नै</span> <span class='c2'>सामाजिक काम गर्न आब्हान</span>

विराटनगर । लायन्स अन्तर्राष्ट्रिय ३२५ ए–वानका गर्भनर राजन खत्रिले हप्ताभरी सामाजिक कार्यक्रम गर्न क्लबहरूलाई आव्हान गरेका छन् । गर्भनर खत्रीले एक कार्यक्रम आयोजना गरि डिस्ट्रिक अन्र्तगतका क्बलहरुलाई सेवा समुलक कार्यक्रम गर्न आव्हान गरेका हुन् ।
गर्भनरको आव्हानमा अहिले विराटनगरका विभिन्न क्बलहरुले डिसेम्बर १ तारिखदेखि कार्यक्रमहरु गर्दै आएका छन् । सोही कार्यक्रम अन्तर्गत रहेर लान्यस क्बल अफ विराटनगर हेल्थ प्रोफेसनल र लायन्स क्बल अफ विराटनगर मोरङले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
उक्त क्बलहरुले मंगलबार विराटनगरस्थित कोशी हेल्थ कलेजमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेको हेल्थ प्रोफेसनका अध्यक्ष डा. बालकृष्ण साहले जानकारी दिए । रक्तदान कार्यक्रममा विद्यार्थी, क्लबका पादाधिकारी तथा लियो क्बलका सदस्यहरुले पनि रक्तदान गरेका थिए । ‘रक्तसंचार केन्द्रमा रगत अभाव भइरहेकोले रक्तदानलाई विशेष कार्यक्रम गरिदन गर्भनरले आव्हान गर्नुभएको थियो,’ लायन्स क्लब अफ विराटनगर मोरङका अध्यक्ष सुर्यनारयण चौधरीले भने, ‘हामीले पनि सामाजिक कार्य अनुरूप रक्तदान गरिएको हो ।’
यस्तै लायन्स क्लब अफ विराटनगर सिटीले पनि विभिन्न कार्यक्रम आयोजना गरेको छ । सोमबार एक दिन चार वटा कार्यक्रम आयोजना गरिएको अध्यक्ष घनश्याम पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्