प्रक्रिया अघि बढाउने सत्तारुढ दलहरुको निर्णय

<span class='c1'>प्रक्रिया अघि बढाउने</span> <span class='c2'>सत्तारुढ दलहरुको निर्णय</span>

नयाँ संविधान जारी गर्न दलहरुले तोेको मिती माघ ८ आउँन अब सात दिन मात्र बाँकी रहँदा दलहरु विचको तिक्तता झन बढ्दै गएको छ । माग ८ मा सहमतीय संविधान जारी गर्नु भन्दा पनि आ—आफ्नो अडानमा अडिग रहेका दलहरु अहिले दुई भागमा विभाजित भएका छन् । सत्तारुढ दल कांग्रेस एमाले प्रक्रियागत रुपमा जाने निर्णयमा छन् भने जबरजस्ती प्रक्रियामा जान खोजेको भन्दै प्रतिपक्षदल एमाओवादी तथा मधेसी मोर्चा आन्दोलनको तयारीमा रहेका छन् । संविधान सभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङले पनि सहमतीका लागी दिएको सयम दलहरुले खेर फालेको भन्दै विवादीत विषयको प्रश्नावली बनाएर अघि बढ्ने बताउँनु भएको छ । सभाध्यक्ष नेम्वाङले प्रश्नावली बनाउँन समिती गठन गर्न आज संविधान सभाको बैठक समेत बोलाउँनु भएको थियो । तर आज माघेसंक्रान्ति परेकाले आजको बैठक भोलीको लागी सारीएको छ । यसैविच सत्तामा रहेका नेपाली कांग्रेंस र नेकपा एमाले संविधान जारी गर्ने विषयमा आज पनि छलफललाई जारी राख्ने भएका छन् । प्रश्नावली बनाएर भए पनि माघ ८ मा संविधानको खाका मात्र पनि ल्याउँनै पर्ने भन्दै छलफललाई जोड दिने भएका हुन । सहमतिमा संविधान निर्माण सम्भव नएको निस्कर्ष सहित प्रक्रियाबाट सहज तरिकाले अघि बढ्ने कांग्रेस एमालेको तयारी रहेको छ । छलफल दिउँसो हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्