काठमाडौ । सरकारले कम्पनी दर्ता प्रकृया सरल र सहज बनाएको भने पनि पछिल्लो चार महिनामा दर्ता संख्या घटेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो चार महिनाको तथ्याङ्कअनुसार ८ हजार ९ सय ४३ कम्पनी दर्ता भएका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ सय ६७ ले कमी हो। गत वर्षको पहिलो चार महिनामा ९ हजार २ सय १० कम्पनी दर्ता भएका थिए।