बिराटनगरमा जाडो बढ्यो, तराईका अधिकांश भूभागमा बाक्लो हुस्सु

<span class='c1'>बिराटनगरमा जाडो बढ्यो, तराईका</span> <span class='c2'>अधिकांश भूभागमा बाक्लो हुस्सु</span>

काठमाडौं । अहिले तराईका अधिकांश भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् गंगा नगरकोटीका अनुसार यो क्रम भोलि साँझसम्म जारी रहनेछ । उनका अनुसार यसले गर्दा तराई क्षेत्रमा उडानका लागि भिजिबिलिटीमा पनि सामान्य असर गर्न सक्ने छ । पर्सि शुक्रबारबाट पश्चिमी वायु भित्रिने र त्यसपछि मात्रै हुस्सु र कुहिरो कम हुने उनको भनाइ छ । केही दिन रहने पश्चिमी वायुले चिसो थप बढाउने भए पनि वायुमण्डलमा भएको धुलोको कण पनि आफैंसँग लिएर जाने भएकोले वातावरण भने त्यसले सफा पार्ने मौसमविद् नागरकोटीले बताइन् ।

पूर्वानुमान महाशाखाले मध्य र पश्चिमी पहाडी भूभाग तथा उपत्यकाका केही स्थानहरुमा समेत आज सामान्य हुस्सु र कुहिरो लागेको जनाएको छ । अहिले नेपालको पूर्वी भूभागमा आंशिक बदली रही पश्चिम र मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको तथा दिउँसो देशको पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

राति देशको पूर्वी र पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । भोलि बिहीबार देशको पश्चिमी भूभाग लगायत पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने र आउँदो शुक्रबार देशको पश्चिमी र मध्य भूभाग लगायत पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जनाइएको छ  ।

साथै पश्चिम भेगका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको समेत महाशाखाको बुलेटिनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्