बस दुर्घटनामा बाँचेकी सात महिनाकी नाबालिका बेसहारा

<span class='c1'>बस दुर्घटनामा बाँचेकी सात</span> <span class='c2'>महिनाकी नाबालिका बेसहारा</span>

चित्र मिजार

सिन्धुपाल्चोक, पुस ३ गते । गत मङ्सिर २९ गते सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका स्वाँरामा १५ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनामा बाँचेकी सात महिनाकी बालिका बेसहारा बनेकी छन् ।
बालिकाले केही खान नमानेपछि एक साताअघि सुत्केरी हुनुभएकी सुनकोसी गाउँपालिका–७ की सुनिता माझी अस्पताल पुगेर आफ्नो दूध चुसाउने गर्नुहुन्छ । दुर्घटनामा परेकी यी बालिकालाई सिन्धु सदाबहार अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचार सकेपछि पनि कोही अभिभावक हुँ भनेर बालिकालाई लिन नआएपछि अहिले अस्पतालको संरक्षणमा राखिएको छ ।
बा. ४ ख ४४६८ नम्बरको मिनीबस दुर्घटनामा परी बाँच्न सफल यी दूधेबालिका अझै एक्ली छन् । बालिकाको नाम के हो ? कसैलाई थाहा छैन । उनका बाबु कहाँ छन् ? जानकारी छैन । आमाको सोही दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अस्पतालले नै बालिकाको रेखदेख गर्दै आएको छ । बोतलको दूध खान मान्दिनन् र उनलाई अन्य खानेकुरा खुवाउन पनि सकिएको छैन । बालिकाको स्वास्थ्य राम्रो रहेको बाल स्याहार कक्षमा राखिएको उक्त अस्पतालका नर्स लक्ष्मी विकले जानकारी दिनुभयो । नानीलाई आमाले दिने मातृत्वअनुरूप नै स्याहारसुसार गरेको नर्स विकले बताउनुभयो । अस्पतालका डा. राजकुमार दङ्गालले भन्नुभयो, “बालिकाको उचित हेरचाह र पालनपोषण भइरहेको छ । ”
इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बालिकाको आफन्त हौँ भनेर केही व्यक्ति आए पनि प्रमाण नपुगेकाले दिन नसकिएको जानकारी दिनुभयो । बालिका उक्त दुर्घटना भएको बसका चालक सुमन तामाङकै छोरी भएको न्यौपाने बताउनुहुन्छ । चालक तामाङ अहिलेसम्म फरार छन् । तामाङको घर सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्