फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने तयारी

<span class='c1'>फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन</span> <span class='c2'>(स्ववियु) को निर्वाचन गर्ने तयारी</span>

त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने तयारी गरेको छ । यस अघि २०७३ फागुन १८ गते सम्पन्न निर्वाचनमा दुई वर्षे कार्यकाल सकिएका पदाधकारीको म्याद यही फागुन १३ गतेसम्म मात्र थप गरिएकाले अब फागुन १४ गते नै निर्वाचन गर्नुपर्ने भएको हो ।

त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनलाका निर्देशक गंगाबहादुर थापाले ११ वर्षदेखि हुन नसकेको करिब ४ सय आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा पनि सोहि दिन निर्वाचन गर्ने गरी तयारी थालिएको बताए । २०७३ सलामा करिब २ सय ८० क्याम्पसमा मात्र निर्वाचन भएको थियो । तीमध्ये काठमाडौं उपत्यकास्थित प्रदर्शनीमार्गको रत्नराज्य, पकनाोलको पिपुल्स र टीकापुरको कैलाल बहुमुखी क्याम्पसमा गत चैतमा निर्वाचन भएको थियो। अब ६१ आंगिकसहित करिब ८ सय सम्बन्धन प्राप्त क्याम्पसमा फागुन १४ गते नै निर्वाचन गर्ने तयारी भएको छ। निर्देशक थापाले भने।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्