काठमाडौं । मलेसियामा गैरकानुनी रुपमा रहँदै आएका करिब ६ हजार नेपाली कामदारले स्वदेश फर्किनका लागि नेपाली दूताबासमा निवेदन दिएका छन् ।
मलेसिया सरकारले अवैध रुपमा काम गर्दै आएका आप्रबासीका लागि घोषणा गरेको ब्याक फर गुड कार्यक्रममार्फत स्वदेश फर्किनका लागि ५ हजार ७ सय कामदारले निवेदन दिएका हुन ।
मलेसियामा नेपाल, इन्डोनेसिया, बंगलादेश, म्यानमारलगायतका मुलुकबाट ठूलो संख्यामा रोजगारीका लागि पुगेका छन् ।
भ्रमण भिसामा जाने, कम्पनी परिवर्तन गर्ने, भिसा नवीकरणको म्याद गुजार्नेलगायतका कारण कतिपय कामदार गैरकानुनी रुपमा मलेसिया रहँदै आएका छन् । -नयाँ पत्रिका दैनिकबाट