‘ हो मैले मान्छे कमाऊन सकिन ‘ – सबिन दाहाल

<span class='c1'>‘ हो मैले मान्छे कमाऊन</span> <span class='c2'>सकिन ‘ – सबिन दाहाल</span>

हो मैले मान्छे कमाऊन सकिन ।  sabin dahal

हावा गफलाई मैले कहिलै ठिक हो भन्न सकिन
न तालि नै बजाऊन सके बकमफुसे कुरामा
नराम्रा कुरालाई वाह वाह भन्न नसकेर नै होला,

हो मैले मान्छे कमाऊन सकिन

कुराहरु सबै तेरै ठिक हुन भन्दैमा मेरो के जान्थियो र
रातोलाई कालो भन्दिदा के नै बिग्रिनथियो र
सबै खोला धाऊनेको भिडमा कुवा खोज्ने भएर नै होला ,

हो मैले मान्छे कमाऊन सकिन

बोल्ने बोलि रहन्थियो सुन्न नसक्नु मेरो कम्जोरी हो
मनका भावनालाई शव्दमा ढाल्न किन सक्दिन???
त्यही शव्द हरुमा डुबुल्की मारेर शव्द जाल बून्न नसक्दा ,

हो मैले मान्छे कमाऊन सकिन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्