एजेन्सी- भारतकाे उत्तर प्रदेशस्थित कन्नौजमा शुक्रवार राति ठूलाे सडक दुर्घटना भएकाे छ। जीटी रोडमा बस र ट्रक आपसमा ठाेक्किएका हुन्।
ट्रकसँग ठाेक्किएपछि बसमा आगाे लागेकाे थियाे। दुर्घटनामा २० जनाकाे मृत्यु भएकाे आजतकले लेखेकाे छ। दुर्घटनामा अन्य २१ जना घाइते भएका छन्।
बस कन्नौजको गुरसैगञ्जबाट जयपुर जाँदै थियो। घाइतेहरुलाई उपचारका लागि अस्पताल पर्याइएकाे छ। मुख्यमन्त्री योगी आदित्यनाथले घटनाबारे जानकारी लिएका छन्। उनले घाइतेहरुलाई ५० हजार रुपैयाँ (भारु) र मृतकका परिवारलाई २ लाख रुपैयाँ (भारु) क्षतिपूर्ति दिने घोषणा गरेका छन्।