सम्भावनाका मुर्ति
ढुङ्गाका देवता
पुजेर बितो जिन्दगी
जिन्दगिको महत्त्व नबुझी बित्यो यो जिन्दगी
संसारका परिधि
समाजका नियम
मानेर बित्यो जिन्दगी
स्वतन्त्र को स्वाद नचाखी बित्यो यो जिन्दगी
मानिस को स्वर
परिबाको भार
भोगेर बित्यो जिन्दगी
आफ्ना लागि बाच्न नपाई बित्यो यो जिन्दगी
पैसाको खाचो
खानाको भोको
एक पेट मिठो नखाई बित्यो जिन्दगी
एक फेरो राम्रो नलाई बित्यो यो जिन्दगी
समयको चोट
जातीय खोट
भोगेर बित्यो जिन्दगी
जिवनको स्वाद नभोगी बित्यो यो जिन्दगी