कोरोना भाइरसको आतंक विश्वभर फैलिएको छ। तीब्र रुपमा फैलिंदै गएको यस बिपत्तिले सम्पुर्ण देशको अर्थतन्त्रलाई पुर्बानुमान गर्न नसक्ने स्थितिमा धकेलेको छ। जसले ठूलो मानवीय क्षतिका साथै विश्व अर्थतन्त्रलाई कहालीलाग्दो अवस्थामा पुर्याउने देखिन्छ । बिकाशोन्मुख देशका धेरैजसो जनमानसमा आज कस्ले दिन्छ र छाक टार्ने भन्ने विषय बन्दैगएको छ। बिपत्ति ब्यबस्थापन को लागि मानिसले भबिस्यको लागि बचत गर्नुपर्ने बानिको विकाशको अभाव संगै यस्तै परिस्थिति रहेमा भोकमरीको पिडादायक अवस्थाको समाचार सुन्न नपर्ला भन्नसकिन्न।
बिश्व अर्थव्यवस्था नै नाजुक अवस्थामा पुग्ने संकेत देखिएकाे छ। विकसित राष्ट्रहरु पनि चिन्तित भएका छन् । बिश्व बैंक, एशियाली बिकास बैंक जस्ता अन्तर्राष्ट्रिय बित्तिय संस्थाहरूले बिश्वकाे अार्थिक बृद्धिदर करिब ५ प्रतिशतले संकुचन हुन सक्ने अनुमान गरेका छन् ।
हाल बिश्वका प्राय सबै मुलुक लकडाउनमा गुज्रिरहेएका छन् । अर्थतन्त्रका क्षेत्रहरु जस्तै उत्पादन, रोजगारी, आपूर्तिमा गिरावट आएको देखिन्छ। आर्थिक उत्पादनका क्षेत्रहरु सबै ठप्प अवस्थामा छन् । कारखाना बन्द छन् , मजदुर कर्मचारी उद्योगी सबै आ आफ्नो घर भित्र यो संकटको घडी कसरी टार्ने होला भन्दै आफ्नो समय बिताउन बाध्य भएका छन् । यो बिपत्तिका कारण कति समय लकडाउनमा रहने हाे याे कसैले अनुमान लगाउने अवस्था नै छैन।
एकातिर उत्पादित कृषिजन्य वस्तु खेतबारीमै नास भएर जानुपर्ने अवस्था सिर्जना भएको छ ।साना उद्यमी, व्यवसायी, रोजगारमा समेत प्रभाव परेको छ।रोजगारदातालाइ व्यावसायिक निरन्तरता का लागि प्रश्नचिह्न खडा भएको छ भने प्राइभेट जागिरेको जागीर समेत अलमल का कारण तिर्नपर्ने साहु एवं जिम्मेवारीबोधले दिमागमा मानसिक तनाव सिर्जना भएको छ।
यस किसिमको बिपत्तिले विश्व अर्थतन्त्रलाई नै धैरै पछाडी धकेलेको विश्लेषकहरुको भनाईसँगै त्यसले पार्न सक्ने क्षतिलाई न्यूनीकरण गर्नतर्फ पनि विकसित राष्ट्रहरु लागि रहेका छन् । त्यससँगै नेपालले पनि आर्थिक क्षेत्रमा पार्नसक्ने सम्भावित क्षतिलाई न्यूनीकरण गर्नकालागि कदमहरु चाल्नु पर्ने समय आएको देखिन्छ।
सरकारले आर्थिक अवस्था खस्किन नदिनका लागि कुनै पनि भूमि खालि रहन दिनु हुदैन। त्यसको लागि नेपाल सरकारले पुनः घरफर्क अभियान ल्याइ आधुनिक कृषिलाई प्राथामिकता दिनुपर्ने आवस्यकता छ ।हामी सम्पुर्ण नेपालीको एउटा बिशेषतानै हो बिदेशी वस्तुमा नै निर्भर हुनुपर्ने ।जसका कारण अर्थतन्त्रमा अझै संकट आउन नसक्ला भन्न सकिन्न ।
केही लगानी गर्ने निकायले अहिले जस्तोसुकै कार्यक्रमहरुलाई कर्जा प्रवाह गरेर नाफा कमाउनमा मात्र लागेको नदेखिएको हैन,जसले गर्दा राष्ट्र बैंकले त्यसको बारेमा राम्रो अध्ययन गरी कृषि तथा लघु उद्यममा लगानी गर्न जोड दिएर नीति लिएर अगाडि बढनु पर्ने देखिन्छ । रेमिटान्सकाे बिकल्प तत्कालिन कृषि क्षेत्रमा अाधारित उद्यम नै हुन सक्दछ।
कोरोना जस्ता भैपरी आउने बिपत्ति कारण धेरै व्यक्तिहरुले रोजगारी तथा धन सम्पत्ति गुमाउने बाध्यता आउन नसक्ला भन्न सकिन्न । त्यसकारण आन्तरिक श्रोत तथा उत्पादनमा आत्मनिर्भर हुनुपर्ने देखिन्छ।
कुनै श्रोत र साधन नभए पछि विस्तारै अनुत्पादक र सुविधाजन्य एवं बिलासिता खर्चमा व्यापक रुपले कटौती हुन थाल्ने र स्वदेशी सामग्रीको वृद्धि हुन थाल्दछ।
माहामारीले नेपाल मात्र नभई विश्वको अर्थव्यवस्थामा नै प्रभाव पारेको छ। आर्थिक अवरोधका साथै विश्व आर्थिक मन्दीका कारण लगानीमा कमी आउन पनि सक्छ। जसको फल स्वरुप विश्वमा वैदेशिक रोजगारीमा कडाइ हुने सम्भावना उत्तिकै छ। जसको प्रत्यक्ष प्रभाव रेमिट्यान्सले धानिएको हाम्रो अर्थतन्त्रमा ठूलो धक्का लाग्न सक्ने अर्थबिदहरु बताउछन् ।
बिपत्ति जुनसुकै समयमा न आउला भन्न सकिन्न त्यसैले ठूलो क्षति हुन नदिनका लागि सरकारले साना तथा मझौला उद्योग तथा व्यवसायलाई प्राेत्साहन दिने,प्राबिधिक र ब्यबहारिक शिक्षा लाई आत्मसाथ गर्ने, बन तथा जलस्रोतको प्रभावकारी बचत गर्ने,सुशासनको नीति अबलम्वन गर्ने,आन्तरिक उत्पादनमा वृद्धिका लागि लगानीमैत्री वातावरण दिनुपर्ने देखिन्छ साथै रहेका प्रकृतिक संम्भावित स्रोत र साधानहरुलाइ आम्दानी गर्न तर्फ उन्मुख गराउने तथा बितिय साक्षरता अभियानलाई आत्मसात गरेमा भबिस्यमा आइपर्ने बिपत्तिलाई सामना गर्न सकिन्छ।
( लेखक- कबिराज दाहाल ज्योती लाइफ इन्स्योरेन्स कम्पनीको बिराटनगर शाखा प्रबन्धक हुन ।)