सप्तरीमा दुई जनामा आरडिटि परिक्षणमा कोरोना पुष्टि, पिसिआर परिक्षण गर्न धरान पठाइयो

<span class='c1'>सप्तरीमा दुई जनामा आरडिटि परिक्षणमा कोरोना</span> <span class='c2'>पुष्टि, पिसिआर परिक्षण गर्न धरान पठाइयो</span>

लहान- दिल्लीको निजामुद्दीन स्थित तबलिकी जमातमा सहभागी भएर फर्केका सप्तरीका आठ जनामध्ये दुई जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ।

गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणबाट दुई जना कोरोना पोजिटिभ पुष्टि भएको हो।

'हामीले सात जनाको आरडीटी टेष्ट गर्दा पाँच जनाको रिपोर्ट नेगेटिभ र दुई जनाको पोजिटिभ आएको छ' गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालका प्रमुख डाक्टर चुमनलाल दासले भने। सातै जनाको थ्रोट स्वाब लिएर पिसिआर टेष्टका लागि धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उनले बताए।

कोरोना पोजिटिभ दुबै जनालाई अस्पतालको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ, उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्