प्रकाशविक्रम शाह
काठमाडौं, बैशाख ७ गते । सेती प्रादेशिक अस्पतालमा भर्ना भएका एक विरामी निको भएर आज डिस्चार्ज हुनभएकाे छ ।
अस्पतालबाट डिस्चार्ज भए पछि पत्रकार सम्मेलनमा बाेल्दै २१ वर्षीया युवकले अस्पतालमा उपचार राम्राे भएकाे बताउनुभयाे । उहाँले १५ दिन अलग्गै बस्ने र अरूलाइ पनि काेराेना संक्रमणबारे सजग बनाउने बताउनुभयाे । दुई सताको उपचारपछि पछिल्लो पटक गरिएको परीक्षणले उनमा कोरोना नरहेको देखिएको थियाे ।
उहाँ चैत ११ गते मुम्बइबाट कैलाली अाउनु भएकाे थियाे । त्यसपछि उहाँ सहित ४१ जनालाई लम्की चुँहा नगरपालिका–९ स्थित प्रतापपुरको क्वारेन्टाइनमा राखिएकाे थियाे । परीक्षणका क्रममा ४१ जना मध्ये उहाँमा काेराेना संक्रमण देखिएकाे थियाे ।