सिरहामा कोरोनाबारे गलत प्रचार गरेको आरोपमा एक पक्राउ

<span class='c1'>सिरहामा कोरोनाबारे गलत प्रचार</span> <span class='c2'>गरेको आरोपमा एक पक्राउ</span>

सिरहा । कोरोना भाइरसबारे गलत प्रचार गरेको भन्दै प्रहरीले १ जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा सुखीपुर नगरपालिका–९ घर भएका ३१ वर्षीय सुरेशकुमार कर्ण रहेका छन् ।

उनले कोरोनाबारे गलत प्रचार गरेको आरोप लगाउँदै पक्राउ गरिएको जिल्ला प्रहरी सिरहाका प्रहरीप्रबक्ता डिएसपि विनोद घिमिरेले बताए ।

कर्णले सामाजिक सञ्जाल फेसबुकमा  कोरोना भाइरसबाट नेपालमा ४८जनाको मृत्यु भएको गलत भ्रम फैलाएकोआरोप प्रहरीले लगाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाको निर्देशनमा इलाका प्रहरी कार्यालय सुखीपुरले कर्णलाई नियन्त्रणमा लिएको हो ।

कर्ण इलाका प्रहरी कार्यालय सुखीपुरको हिरासतमा राखि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यस बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्