हुण्डी कारोबारमा संलग्न दुई व्यक्ति २४ लाखसहित पक्राउ

<span class='c1'>हुण्डी कारोबारमा संलग्न दुई</span> <span class='c2'>व्यक्ति २४ लाखसहित पक्राउ</span>

काठमाडौं महानगरपालिका-१३ टंकेश्वर ‍र काठमाडौं महानगरपालिका-१२ स्थित कनक पेट्रोल पम्प नजिकबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई नगद २४ लाख २१ हजार रुपैयाँ सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत मोतियारी घर भइ हाल ललितपुर सानेपा बस्ने ३९ वर्षीय रुपेश कुमार गुप्ता र काठमाडौं नयाँबानेश्वर बस्ने बाग्लुङ घर भएका ३५ वर्षीय सागर श्रेष्ठ रहेका छन् । उक्त रकममध्ये गुप्ताको साथबाट ६ लाख २१ हजार रुपैयाँ र श्रेष्ठको साथबाट १८ लाख रुपैयाँ बरामद भएको हो ।
उक्त स्थानमा हुण्डी कारोवार गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले हुण्डी कारोवारमा संलग्न उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्