कविराज दाहाल
कोरोना भाइरस संक्रमण ठूला सहर, अग्ला घर, खचाखच मान्छे, औद्योगिक सभ्यता, मोटरकारहरूको ठेलमठेल आदि बाट बाट सुरु भयो । विकसित युरोप ,अमेरिका,भारत हुँदै नेपाललाई पनि निचोरेको छ । अरू महामारी पछौटेपन, अविकास र गरिबी व्याप्त रहेका ठाउँहरूमा फैलने गर्थे तर अहिले त्यसको उल्टो भएको छ ।आजको अवस्थामा विश्वभरी नेपाली नभएको र नपुगेको स्थान नहोला , ती हरेक कुनामा मा रहेका नेपालीहरू पनि अहिले कोरोना महामारीका कारण आफ्नै देशमा फर्कंन पाउँदा स्वर्गको अनुभुती गर्छन् ।अहिले मानिस गाउँतिर कुम्लोकुटुरो हाली ओइरिँदै छन् । यो एक किसिमले हाम्रा लागि वरदान साबित पनि हुने निश्चित छ ।
बिश्व अर्थतन्त्रलाइ चस्का दिने यस भाइरसले लाखौं युवा बेरोजगार रहने अवस्थामा बिमा क्षेत्रले ती केही मानिसलाई आम्दानीको मलम पट्टी लगाउन सक्छ। यो महामारी कहिले सम्म का लागि भन्न सक्ने अवस्थामा कोहि पनि छैन ।तसर्थ अहिलेको परिस्थितिमा घरभित्रै रहँदै गर्दा डिजिटल प्रबिधिलाइ आत्मसाथ गर्दै विभिन्न सकारात्मक तथा रचनात्मक कार्यहरु गरेर बीमाको क्षेत्रमा आफ्नो जग थप बलियो बनाउने तयारी गर्नाले अवश्यपनि आम्दानीको श्रोत वृद्धि गर्न सकिएला ।
अर्थतन्त्रका क्षेत्रहरु जस्तै उत्पादन, रोजगारी, आपूर्तिमा गिरावट आएको देखिन्छ। आर्थिक उत्पादनका क्षेत्रहरु सबै ठप्प अवस्थामा छन् । कारखाना बन्द छन , मजदुर कर्मचारी उद्योगी सबै आ आफ्नो घर भित्र यो संकटको घडी कसरी टार्ने होला भन्दै तनावग्रस्त समय बिताउन बाध्य भएका छन । यो बिपत्तिका कारण कति समय लकडाउनमा रहने र कहिले सम्म आम्दानी को बाटो बन्द हुने हो अन्धाधुन्ध छ। सामान्य तलबी कर्मचारी एवं ब्यबसायी लाई त पारिवारिक खर्चको ब्यबस्थापनमा समेत कठिनाइ हुन थालेको छ। तसर्थ यस परिस्थितिलाई न्यूनीकरण गर्न अब घरमै बसेर डिजिटल प्रविधिको प्रयोग गरि आय ब्यबस्थापन गर्न सकिने क्षेत्र हो बिमा ब्यबसाय । नेपाल मा बिमा क्षेत्रले आफ्नो काम सुरु गरेको पनि ५२ बर्ष पूरा भइसकेको छ ।
"अल्छे तिघ्रो स्वादे जिब्रो " हामी नेपालीमा लागू नहुने भने हैन। हरेक सफलताका निम्ति प्रयास गर्नु जरुरी छ। काम गर्नु अगाबै सकिन्न होला भन्ने कुरा बिमा क्षेत्रमा पनि आइ रहन्छ तर सफलताका उदाहरणहरु पनि धेरै नै छ्न।निरन्तर काम गर्ने अभिकर्ता ले वार्षिक रु ५० लाख भन्दा बढी आमदानी गरेको कुरा सर्वविदित नै छ तर त्यसको लागि निरन्तरता जरुरी छ।
बिमा अभिकर्तामा पनि पहिले खुल्ला बजार जस्तो सहज परिस्थिति भने छैन ।तर यो ब्यबसाय घरमै बसे पनि ठप्प भने हुदैन । सामाजिक दुरी कायम राख्ने तथा एकअर्कासँग अत्यावश्यक बाहेक भेटघाट गर्न नहुने अहिलेको परिप्रेक्ष्यमा बीमा अभिकर्ताकै काम गरेर आफ्नो गुजारा गर्नुहुने सबै बीमा अभिकर्ताहरु यो लकडाउनका कारण थप व्यवसाय वृद्धि गर्न नपाएर केही समस्या त सिर्जना भएका छ्न तथापि ब्यबसाय नै नभएको भने छैन।
नेपाली समाजमा अझैसम्म बितिय साक्षरता को अभाब छ, जसलाइ न्यूनीकरण गर्न बिमाको महत्त्व को विषयहरु जनमानसमा फैलाउन जरुरी छ ।बीमाले आर्थिक क्षति विरुद्ध सुरक्षा प्रदान गर्दै जोखिम व्यवस्थापन गर्ने र सानो रकमको लगानीबाट ठूलो रकमको क्षतिपूर्ति हुने भएकोले अपारदर्शी रुपमा अनियमित कार्य हुन सक्ने संभावनालाई रोक्ने काम गर्दछ । बिमा बुढेसकालको सहारा, कर छुटको ब्यबस्था, दीर्घकालीन बचत ,राष्ट्रिय आम्दानीको श्रोत आदि जस्ता मुलभुत विषयमा जानकारी गराउन आवश्यक छ।
हाम्रो नेपाली बजारमा बिमा भन्ने बितिकै टाउको बटार्ने प्रवृत्ति नभएको हैन तर यस विषयमा बुझ्न पर्ने कुराहरु जस्तै जीवन बीमालाई एक करारका रुपमा लिइन्छ, किनकी यसले पोलिसी होल्डरले तिरेको प्रिमियमलाई अधिकतम प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्दै उचित बोनस सहित निश्चित समय पछि फिर्ता गने गरी करार भएको हुन्छ।आजको युग सूचना प्रविधिको युग भएकोले प्रविधिको प्रयोग गरि सुचनाको प्रवाहलाई अनिवार्य गरिएको छ ।
बित्तिय प्रतिवेदन प्रकाशन गर्नु, कम्पनीको बारेमा सूचना प्रवाह गर्नु आदी जानकारीहरुलाई वेभसाइट मार्फत वा छापा मार्फत सार्वजनिक गर्नु पर्दछ । सुशासनलाई प्रत्याभूत गर्नका लागि संस्थागत सुशासन निर्देशिकाको २०७५ संस्करण हामी माझ आएको छ, आवश्यक परिमार्जन सहित । एकातर्फ निर्देशिका समय सापेक्ष बनाउने उद्देश्यले पहिलेका कतिपय प्रावधानलाई हटाइएको छ भने कतिपय लाई संशोधन गरी निकै सजिलो बनाइएको छ ।
गाउँ–नगरपालिका, सहकारी र सामाजिक तथा गैरसरकारी संस्थाहरूलाई प्रभावकारी अनुगमनका साथ क्रियाशील बनाउन लागि परौ। अहिले गाउँ फर्केको जनसंख्यालाई गाउँमै व्यवस्थापन गर्न सकिन्छ, गाउँमै थमौती गर्न सकिन्छ । राष्ट्रको सम्पूर्ण शक्ति त्यतै उन्मुख गराऔं । शासनमा बस्नेले संकीर्ण सोच त्यागेर देश सबैको हो भन्ने सोचि सबैलाई यथोचित सहभागी गराएर एउटा महान राष्ट्रिय अभियान अघि बढाऔं । बितिय साक्षरता ,स्वस्थ्य एवं कृषि क्षेत्रलाई प्राथमिकता दिऔं । रोग र भोकको सामना गरौं । प्रकृतिसँग मिलौं र प्रकृतिसँगै तालमा ताल मिलाएर सुखी र सुरक्षित जीवन प्राप्त गरौं । श्रमको सम्मान गरौं, उद्यमशील बनौं । गाउँ बनाऔं । डिजिटल प्राविधिको प्रयोग गर्ने बानीको बिकास गर्दै आगामी दिनको बितिय योजना बनाइ बचत, बिमा आदीलाइ थप सुदृढ तथा सबल बनाउदै भाबी समस्या निर्मुलिकरण को योजनामा लागि परौ र स्वरोजगार बनौं ।
( लेखक ज्योती लाइफ इन्स्योरेन्स बिराटनगर का शाखा प्रबन्धक हुन )