हामी बन्दाबन्दी अर्थात जीवनका सामान्य दैनिकि असामान्य भएको ,सानो परिधिमा संकुचित भएको अवस्थामा रहन वाध्य भएको ७५ दिन बढी भईसकेको छ । यो विषम परिस्थितिको कारण संसारभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमण हो र यसको वेग कम भएको छैन ,बढिरहेको छ ।
संसारभर ६६ लाख हाराहारी संक्रमित अनि साढे तीन लाख भन्दा बढि मानिसको ज्यान लिईसकेको यस महामारीले स्वास्थ्य संकट मात्र हैन मनोबैज्ञानिक , सामाजीक र आर्थिक संकट पनि ल्याईसकेको छ । संसार टक्क अडिएको छ यतिबेला ।
यस महामारीले हाम्रो देश पनि अछुतो रहेन । संक्रमण बढिरहेकै छ ।
नोवल कोरोना भाईरस हामीमाझ जोखिमयुक्त भएर लामै समय सक्रिय रहिरहने देखिन्छ । तर आर्थिक सामाजिक संकट बढे संगै लकडाउनमा रहिरहने अवस्था पनि रहेन । सामान्य दैनिकिमा पनि फर्किनु त छदैछ , फैलिदै गईरहेको कोरोना भाईरसको संक्रमणलाई पनि न्युनिकरण गर्नु छ , नोवल कोरोना विरुद्धको लडाई जित्नु छ ।सरकारले चालेका कदम मात्रैले यो लडाई जितिदैन । यसको वास्तविक योद्धा हामी हर नागरिक हौं । हाम्रा दैनिकिका हरेक पाईला वरि परि पछ्याईरहेको भाईरसलाई ओत लाग्नै नदिई परास्त गर्नुछ ।
हाम्रा दैनिकिलाई परिमार्जन गर्दै अगाडि बढ्नु छ ।
सचेतना र आत्मअनुशासन नै हाम्रा हतियार हुन् । हामी दैनिक कारोवारमा फर्किदै गर्दा , व्यापार व्यवसायमा संचालन गर्दै गर्दा यि दुई हतियार हरेक नागरिकले साथ साथै राखिरहनु पर्नेछ । सचेतनाले हामीलाई भाईरसको बारेमा , यसको संक्रमणको बारेमा , जोखिम न्युनिकरणका आधारभुत उपायहरु जस्तै मास्कको उचित प्रयोग , सामाजिक दुरी कायम , सावुन पानीले हात धुने , स्यानिटाईजरको प्रयोग अादीको बारेमा सुसुचित गराउँदछ भने आत्मअनुशासनले त्यसको पालना गर्न प्रेरित गर्दछ ।
तर यि दुई हतियार बाढ्ने कसरी ?
यो विषम परिस्थितिमा सरकारी संयन्त्र मात्रै पर्याप्त नहुन सक्छ । नागरिकस्तबाट स्थानीय सरकार तथा प्रशासनको समन्वयमा सामाजीक संघ संस्थाहरु मार्फत अभियान चलाउनु जरुरी देखिन्छ ।
यसो गरे कसो होला ?
१. हरेक स्थानीय तहमा त्यस क्षेत्रका सामाजिक संघसंस्थाहरुको सक्रिय सहभगितामा स्वयमसेवक दस्ता गठन गर्ने जस्लाई " कोभिड साथी अभियान " नाम दिने ।
२. यस अभियानका सदस्यहरुलाई नोवल कोराोना संक्रमण , यसको न्युनिकरणका उपाय र जनमानसमा पुर्याउने विधि सम्बन्धि प्रशिक्षण विज्ञहरुमार्फत प्रदान गर्ने ।
३. सुरक्षा मापदण्डमा रहि जनताका घर दैलो सम्म पुगी सचेत गराउने अनि पालना गर्न प्रेरित गर्ने ।
४. मानिसले दैनिकि अन्तर्गत व्यापार व्यवसाय कारोवार गरिरहेका स्थानमा आफ्नो पहिचान सहित उपस्थित भएर कारोवार सुक्ष्म ढंगले निरिक्षण गर्ने , त्यो प्रकृयामा जोखिम न्युनिकरणका लागि अपनाउनु पर्ने सावधानीमा कमजोरी देखिए विनम्रतापुर्वक सच्याईदिन प्रेरित गर्ने
६. देखिएका अफ्ठ्याराहरु टिपोट गरि स्थानीय सरकार र प्रशासनसम्म पुर्याई समिक्षा गर्ने र समाधानको उपाय खोज्न सहयोग गर्ने ।
(एउटा दिर्घकालीन उपायको यस्तो अभियानमा जुटन एक नागरिकको सबैमा अपिल )