आजकाल असनका गल्लीहरु हल्ला गर्छन् रे!
टोल टोलमा को -को मरे सल्लाह गर्छन् रे!
यिनलाई ताप र राप दिने मानिसलाई-
सम्झी-सम्झी रुन्छन् रे !!
आफ्नो भग्नावशेष आफै कोत्याउछान् रे !
आजकाल असनका गल्लीहरु हल्ला गर्छन् रे
अगरबत्तिका बास्ना खोज्दै हिड्छन् रे !
मन्दिरमा बज्ने घंतिको आवाज- कुर्दै बस्छन् रे !
श्याम दाइको कान्छी नानी- "ताची ताची" गर्ने पाइला-
"wholesaleमा- wholesaleमा " कराउने साइला- माइला!
"खाली सिसी- कागज" कराउने मदेशी लवज!
तितित!!पपप्प!!!
साँघुरा ठाउँमा कुइकिने gear अनि clutch!!
खोज्दै रुन्छन् रे !
आजकाल असनका गल्लीहरु हल्ला गर्छन् रे!!
पागल सरि यी हास्छ्न् रे !
सुक्सुकाउछन् रे!
कसैलाई बोलाउन खोजे सरी सुसेली बेस्सरी मार्छन् रे !
एक-अर्कालाई गाली गर्छन् रे !
दैबलाई सराप्छन् रे !
..............................
..............................
..............................
त्यस्तैमा यस्तो पनि सुनिन्छ रे -
"ति दिनहरु फर्की अवस्य आउलान् !!"