कराँते खेलाडी द्वाराा गुरुपुजा

कराँते खेलाडी द्वाराा गुरुपुजा

विराटनगर । नेपाल कराँते महासङ्घ पोखरिया कराँते डोजोका खेलाडीहरुले गुरुपुजा मनाएका छन् ।
पोखरिया कराते डोजोका प्रमुख प्रशिक्षक बिनोदकुमार राउत लगायत मोरङ्ग कराते प्रशिक्षक अमर सुवेदी, बिश्राज ढकाल , सामाजिक अभियन्ता तथा करातेका पुराना खेलाडी पेरिस सुवेदी , लियो युनिक अध्यक्ष तथा करातेका पुराना खेलाडी दिपेन मरिक , रमेस राउत लगायतको उपस्थितिमा गुरु पुजा मनाइएको हो ।

खेलाडीहरुले गुरुहरुलाइ माल्यार्पण गर्नुका साथै मिठाई फलफुल र उपहार दिएका थिए । कोरोनाको कारणले खेलक्षेत्र तहसनहस भैरहेको अवस्थामा खेलाडीहरुलाइ अरु केहिसमय धैर्य रहनुपर्ने त्यस अवसरमा अग्रजहरुले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्