थाम्नै नपाई गर्यामगुर्लुम पछारियाे
भुइँकाे छाती कुल्चि उभिएकाे धरहराकाे अभिमान
र पुरिए
दर्जनाै अाकाश छेड्ने कक्रिंट सपनाहरू ।
सपनाहरू सदियाै देखि भुइँ टेकेरै उभिएका हुन
भुइँबाटै तन्किएर अाकाश छाेई बाँचेका हुन ।
अाकाश छुदैमा जाे काेही अाकाश बन्दाे रहेनछ ।
अाकाश बनेसी जाे काेही भुइँमा रहदाे रहेनछ ।