गजल – कृष्ण वस्ती

<span class='c1'>गजल –</span> <span class='c2'>कृष्ण वस्ती</span>

पाखुरीको सिरानीमा निदरीको झप्को लाग्यो।

मदिराको कहाँ हो र? नशा तिम्रो गफको लाग्यो ।।

 

एकैछिनको खुसी छोडी टाढा कतै जानै लाग्दा।

अलिकति भिजेका ती परेलीको सप्को लाग्यो ।।

 

सुकायौ रे दुवै आँखा रुँदा-रूँदै अन्तिम थोपो।

त्यहाँ तिम्रो आँसु खस्दा यहाँ मनमा टप्को लाग्यो।।

 

पिरतीको पिरोलोमा नसोचेकै कुरा हुने  ।

त्यता तिम्रो मुटु छिन्दा यता मलाई छप्को लाग्यो।।

 

पराई हौ तैपनि खै ! सबैभन्दा नजिक हुँदा ।

सम्झनाले यो मनभित्र डढेलोको लप्को लाग्यो ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्