प्रहरीको नियन्त्रणमा परे १२ जुवाडे

<span class='c1'>प्रहरीको नियन्त्रणमा परे</span> <span class='c2'>१२ जुवाडे</span>

विराटनगर । मोरङ प्रहरीले रतुवामाई नगरपालिकाबाट जुवा खेलिरहेको अवस्थामा १२ जना जुवाडेलाई पक्राउ गरेको छ । रतुवामाई नगरपालिका–७ जामबाडीस्थित पोखरीको डिलमा रहेको टहरोमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रण लिएएको हो ।

पक्राउ पर्नेमा रतुवामाई नपा ७ बस्ने वर्ष ३४ को गोपाल कटुवाल, ४३ वर्षीय गणेश कार्की, ३६ वर्षीय दिनेश बस्नेत, ४५ वर्षीय नरेन्द्र रिजाल, २५ वर्षीय, गणेश गौतम, ३९ वर्षीय नन्दराज फुयाल, ४२ वर्षीय फणिन्द्र बुढाथोकी, ४५ वर्षीय झंकराज कोइराला, ३८ वर्षीय रामभक्त भट्टराई, ४० वर्षीय सन्तोष रिजाल, ३० वर्षीय राम कार्की र ३२ वर्षीय मनोज उप्रेती रहेका छन् । जुवाखालमा छापा मारेको प्रहरीले पक्राउ परेकाहरूबाट १४ हजार २७० रुपैयाँ, ६ सय मलेसियाली रिंगेट, १२ बुक तास र तीन थान मोटरसाइकल बरामद गरेको जनाएको छ ।

प्रहरीले गत असोज २३ गते पनि बेलबारी–४ स्थित गर्जुराम टोलमा जुवा खेलिरहेका ६ जनालाई पक्राउ गरेको थियो । उनीहरूका साथबाट २ लाख ५३ हजार २ सय ३५ रुपैयाँ, एक सेट कौडा, ३ बुक तास, एउटा गाडी, मोटरसाइकल र स्कुटर बरामद गरेको थियो । पक्राउ परेकाहरू सुनसरी, मोरङ, झापा र धनुषासम्मका रहेको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्