४ उद्योगीको लगानीमा विराटनगरमा कोभिड-१९ परीक्षण हुने प्रयोगशाला

<span class='c1'>४ उद्योगीको लगानीमा विराटनगरमा</span> <span class='c2'>कोभिड-१९ परीक्षण हुने प्रयोगशाला</span>

विराटनगर । विराटनगर महानगरपालिकामा निजी क्षेत्रबाट अत्याधुनिक प्याथोलोजी प्रयोगशालाको संचालन आरम्भ गरिएको छ। विराटनगरका उद्योगपति महेश जाजू, प्रकाश मुन्दडा, नवीन रिजाल र अनिल साहको लगानीमा संचालनमा ‘बी स्योर’ नामको प्रयोगशाला विराटनगरको बरगाछी चौकमा संचालनमा आएको हो।

करिब ५ करोडको लगानीमा ल्याब स्थापना गरिएको प्रयोगशालाको प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बिहिबार उद्घाटन गर्नु भएको हो । मन्त्री कार्कीले अहिलेको महामारीलाई सामाना गर्ने गरी निजी क्षेत्रबाट संचालनमा ल्याएको पीसीआर ल्याबले यहाँका नागरिकलाई राहत मिल्ने बताउनुभयो ।

‘एउटा प्रयोगशालाले दिएको पीसीआर रिपोर्ट अर्को प्रयोशालामा फरक पर्न थालेको छ’, उहाँले भन्नुभयो, ‘पीसीआर रिपोर्ट त्रुटिपूर्ण भएकाले मानिस अकालमै मर्न थालेका छन् । यस्ता बेलामा निजी क्षेत्रबाट विश्वसनीय र अत्याधुनिक प्रयोशाला अझै स्थापना गरिनु पर्छ ।’

प्रयोगशालाका प्रबन्ध निर्देशक नवीन रिजालले प्रयोगशालामा सरकारले तोकेबमोजिमको शुल्क लिएर पीसीआर परीक्षण गरिने जानकारी दिए।

रिजालले प्रयोगशालामा मधुमेह, थाइराइड, क्रिटेनिन, प्रोटिन, लिपिड प्रोफाइल लगायत सबै प्रकारका परीक्षण गरिने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्