विकल्प एन अल्टरनेटिभ को Motorbike License नामक छाेटाे चलचित्र Light Camera Liberty Film Festival Award 2020 अन्तर्राष्ट्रिय प्रतियोगिताको नेपालबाट छनौटमा पर्न सफल भएको छ । छनौटमा पाँच वटा भिडियोलाई फाइनालिस्टको रूपमा राखिएको छ । नेपालबाट विकल्पको मोटरसाइकल लाइसेन्स भिडियो बाहेक Center for Anti-Authoritarian Studies (Serbia) को Right to Work नामको भिडियो, Free the People (America) को How to Love Your Enemy नामको भिडियो, त्यसैगरी Libertad y Progreso (Argentina) को Fables for Liberty र Pacific Legal Foundation (America) को Seize This House नामक ५ वटा भिडियोहरू एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् ।
उक्त भिडियोको विजेताको छनौट ५० % अडियन्स भोट बाट तय गरिने छ भने, ५० प्रतिशत भिडियोको कथाको सार, प्रभाव, गुणस्तर र प्रस्तुतिको आधारमा निर्धारण गरिने छ । विजेताले १०,००० अमेरिकी डलर पाउने छन् भने भोट गर्ने अन्तिम मिति कार्तिक २५ गते, सोमबार ९ बजेर ४४ मिनेट सम्म खुल्ला रहने छ भोट गर्नको निम्ति तपाइले यो लिङ्कको प्रयोग गर्न सकिन्छ । https://forms.gle/qgTJq6VdF8PaLcxM6
विकल्पको मोटरसाइकल लाइसेन्सको भिडियोले मोटरसाइकलको लाइसेन्स लिन सर्वसाधारण लाइ कति सास्ती छ र यसले आम मानिसहरूको जीविकोपार्जनमा कस्तो प्रभाव पार्न सक्छ भन्ने कुरा दर्साएको छ । छनौट परेको भिडियोको याे लिकंबाट हेर्न सकिन्छ : https://www.youtube.com/watch?v=QR78IOLGV08&t=2s