संक्रमितको संख्या १ लाख ७० हजार नाघ्यो, ९३७ को मृत्यु

<span class='c1'>संक्रमितको संख्या १ लाख ७०</span> <span class='c2'>हजार नाघ्यो, ९३७ को मृत्यु</span>

काठमाण्डौं। पछिल्लो २४ घण्टामा देशभ थप २ हजार ५०८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २७९ पीसीआर टेष्ट गर्दा ९७६ महिला र १५३२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
शनिबारको संक्रमित सख्ंयासँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ । उनीहरुमध्ये १ लाख ३१ हजार २२२ जना संक्रमणमुक्त भएका छन् ।

९३७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर ३८ हजार ५८४ संक्रिय संक्रमित छन्, जसमध्ये ३१ हजार ००८ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २९६ जनाको आईसीयू र ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र १२५७ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १११३ जना, ललितपुरका १९५ र भक्तपुरका ४९ जना छन् ।

मोरङका १३८ जना, चितवन र कास्कीका १०९र१०९ जना, झापा र सुनसरीका ७६र७६ जना, रुपन्देहीका ७५, काभेका ७४, दाङका ४६, नुवाकोटका ३९, बाँकेका ३५, रौतहट र तनहुँका २७र२७ जना, दोलखाका २२, बाराका २१, सप्तरीका २०, धनुषाका १८, बर्दियाका १७, बाग्लुङ र नवलपरासीका १६र१६ जना, बझाङका १४, खोटाङका १३ तथा रसुवा र कपिलवस्तुका ११र११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नवलपुरका १० जना, सिराहा, सिन्धुपाल्चोक र दैलेखका ९र९ जना, धादिङका ८, सर्लाही, गोरखा र स्याङ्जाका ७र७ जना, अछामका ६, पर्सा, महोत्तरी, मकवानपुर र दार्चुलाका ५र५ जना, इलामका ४, भोजपुर, रामेछाप, लमजुङ, गुल्मी, प्युठान, सुर्खेत, डडेलधुरा र डोटीका ३–३ जना, उदयपुर, सिन्धुली, पर्वत, कञ्चनपुर र कैलालीका २–२ जना तथा ओखलढुंगा, धनकुटा, पाँचथर, सोलुखुम्बु, पाल्पा, जाजरकोट, डोल्पा र सल्यानका १–१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्