मानवता छटपटाइरहेछ
मतलबी दीन संसार लोभ ईष्या
घमण्डले मानवता छटपटाइरहेछ ।।
आशावादी जीवन खातिर मृगतृष्णा
पछि दौडी मानवता छटपटाइरहेछ ।।
भोको पेटको चपेटमा लाचारी बनी
तन मानवता छटपटाइरहेछ ।।
मन कालो तन उज्यालो हत्या हिंसाको
विभीषिका मानवता छटपटाइरहेछ ।।
कति शुन्य विवेक ? पद पैसाको रापमा मानवता छटपटाइरहेछ ।।